राज्यले रिटर्नीको ज्ञान , अनुभव र क्षमताको उपयोग गर्नुपर्छ
जेठ २०, २०८२
रिटर्नी नेटवर्क नेपालका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हालै स्थापना गरिएको आन्तरिक रोजगार महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटा संग भेट गरि आगामी आर्थिक बर्षमा बैदेशिक रोजगारी बाट फर्केकहरुको सिप र जाँगर उपयोग हुने खालका कार्यक्रम अघि सार्ने बिषयमा छलफल गरको छ |
मन्त्रालयमा भएको छलफलमा नेटवर्कका अध्यक्ष उत्तम अधिकारी, सचिव तथा कार्यकारी निर्देशक जेपी सापकोटा र बरिष्ठ सल्लाहकार राजन श्रेष्ठको सहभागिता रहेको थियो | भेटमा सल्लाहकार श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्केकाहरूको पक्षमा अभियान स्थापित गरि निरन्तर नीतिगत पैरवी गर्दै आइरहेकोले अधिकार प्राप्त संस्थाको रुपमा नेटवर्कलाई रिटर्नी लक्षित नीति निर्माणमा अनिवार्य सामेल गराउन सुझाव प्रदान गर्नुभयो | त्यसैगरी अध्यक्ष अधिकारीले रिटर्नीहरुलाई उद्यमशीलताका क्षेत्रमा सहयोग पुग्ने कार्यक्रम अघि बढाई रोजगारी सिर्जनाका क्षेत्रमा जोडिन आग्रह गर्नुभयो | कार्यकारी निर्देशक सापकोटाले पुनर्एकीकरण र पुनर्स्थापना तथा नीति निर्माणका क्षेत्रमा नेटवर्क महाशाखाको सहयोगी बन्ने हुँदा आफुहरुमा भएका ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै रिटर्नीहरुको ब्यबस्थापन र परिचालनमा संगसंगै अघि बढ्ने बाताबरण निर्माण गर्न जोड दिनुभयो |
उक्त छलफलका क्रममा महाशाखा प्रमुख सह सचिव सापकोटाले आफु सरोकारवालाहरुको अनुभव र सहयोगकै आधारमा कार्यक्रम निर्माणमा जुटेको र कार्यक्रम कार्यान्वयनमा पनि नेटवर्कलाई औपचारिक रुपमा अघि बढाउन उचित बातावरण निर्माण गर्न सकारात्मक रहेको बताउदै वास्तवमै रिटर्नीको जीवनसंग जोडिने कार्यक्रमको मोडालिटी तयार गरि सुझाव पेश गर्न अनुरोध गर्नुभयो | अब तालिमका लागि तालिममा नअल्झिकन ब्यबहारिक रुपमा आय आर्जन र दैनिक जीविकोपार्जनसंग जोड्ने गरि तालिम तथा प्रोत्साहनका कार्यक्रम अघि बढाईने उहाँले बताउनु भयो |