परिचय

वैदेशिक रोजगारीको क्रममा आफूले हासिल गरेको सीप, अनुभव र तत्सम्बन्धी उद्यमशीलतामार्फत उत्पादनसँग जोडिँदै मुलुकको समृद्धिमा लगानी गर्न प्रतिबद्ध नेपाली युवाहरूको सक्रियता र पहलमा वि.सं. २०८१ सालमा ‘रिटर्नी नेटवर्क नेपाल (RNN)’ को स्थापना भएको हो। यो संस्था प्रवासमा रहँदा भोगिएका विभिन्न सुविधा, चुनौती र अवसरहरूसँगै पारिवारिक एवं आर्थिक तथा सामाजिक समस्याहरूको समाधान खोज्दै आफ्नै देशमा केही गर्न चाहने र फर्किएका व्यक्तिहरूको साझा चौतारीका रूपमा स्थापित भएको हो। हाल यो संस्था सातै प्रदेश अन्तर्गत ६५ जिल्लामा सक्रिय रूपमा क्रियाशील छ। वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरूको सञ्जाल निर्माण र परिचालन, रिटर्नी तथा श्रमिकको पहिचान, संरक्षण र पुनःस्थापनासँग सम्बन्धित नीतिगत पैरवी, उद्यमशीलता र सीप विकास, मानसिक स्वास्थ्य सेवा, वैदेशिक रोजगारीसम्बन्धी सामुदायिक सचेतना अभिवृद्धि, आर्थिक सशक्तिकरण लगायतका विविध कार्यक्रमहरूमार्फत रिटर्नीहरूको सामाजिक पुनःएकीकरण, पारिवारिक पुनर्मिलन, आर्थिक सशक्तिकरण र देशको समग्र विकासमा उनीहरूको मूलधारमा समावेशीकरण र नेतृत्व क्षमता अभिवृद्धिलाई संस्थाको मुख्य उद्देश्यका रूपमा लिइएको छ।

मुलुकको राजनीतिक स्थायित्व र उत्पादनसँग जोडिँदै देखिने गरी परिणाममुखी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न र सामाजिक उन्नयनतर्फ लाग्न देशभित्र र बाहिर रहेका सम्पूर्ण रिटर्नीहरूलाई एकजुट गरी परिचालन गर्न उनीहरूको भूमिकालाई महत्वपूर्ण ठान्दै समृद्ध नेपालको निर्माणमा टेवा पुर्‍याउने प्रणका साथ यो संस्था क्रियाशील रहँदै आएको छ।


Visits Count: 36444
Copyright © 2024 | Returnee Network Nepal
Credit | IT Bridge Nepal
Visits Count: 36444
Copyright © 2024 | Returnee Network Nepal
Credit | IT Bridge Nepal